FAQs Complain Problems

अस्थाई बसोबास सिफारिस

लाग्ने समय: 
सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष, वडा सदस्य,वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
चालु आ.व.को आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र र नागरिकता प्रमाण-पत्रको प्रतिलिपि र बसोबास गर्ने घर नं., टोल मार्ग वा बाटोको नाम
२) बहालमा बसेको भए घर धनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रमाण-पत्रको प्रतिलिपि
३) कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र
४) घर बहाल कर तिरेको रसिद
५) घर बहालको सम्झौता पत्रको प्रतिलिपि

प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजात पेश गर्ने
२) वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४)तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

जनमत

तपाईलाई हाम्रो सेवा कस्तो लाग्यो ?
//